काभ्रेको रोशी गाउँपालिकामा ३ दिन सार्वजनिक विदा

प्रकाशित मिति: January 19, 2020 3:47 pm

काठमाडौँ – सरकारले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

काभ्रेको रोशी गाउँपालिकाले सोनाम ल्होछारका अवसरमा यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष दलबहादुर लामाका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिनेछ । ‘सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ’, उनले भने ।

सम्बन्धित शीर्षकहरु

भोलि देखि सार्वजनिक यातायात चल्ने, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं – सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।......

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......