यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

प्रकाशित मिति: January 27, 2020 3:23 pm

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी अभिभावकका साथ आज विहान प्रहरी कार्यालय पुगेकी हुन् । माघ ५ गते प*क्राउपू*र्जी जारी गरेपनि अभिभावकका साथ आएमा पक्राउ नगरिने प्र*हरीले जनाएको थियो ।

महानगरिय प्र*हरी परिसरका प्रबक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उनी परिवारका साथ प्रहरीमा पुगेकी हुन् । गायिका आस्थाको विषयमा अब कानुनी प्रक्रिया अगाडी बढाइने उनले जानकारी दिए ।

यस अघि प्रहरी सङ्गठनलाई अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरु*द्ध प्रहरीले अभद्र व्यवहार कसुर अन्तर्गत मु*द्दा चलाएको थियो । आफूलाई दु*र्व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले गायिका राउतविरु*द्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी थिइन् । उजुरीमा आफूमाथि अभ*द्र व्यवहार गर्ने राउतलाई कानुन अनुसार हदैसम्मको कारबा*ही गर्न माग गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मु*द्दा अघि बढाएको हो ।

सम्बन्धित शीर्षकहरु

सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको......

आज २०४ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल कोरोना संक्रमितको......