प्रहरी हेडक्वाटरबाट यौ*न शो*षणको उजुरी गायब

प्रकाशित मिति: January 28, 2020 10:11 am

काठमाडौँ – नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै रा*जीनामा दिन बाध्य भएका छन् ।

तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्रधान कार्यालयले लुकाएर राख्दै आएको छ । बरु गल्ती गर्ने प्रहरीलाई संरक्षण गरेर पीडितलाई पनि उल्टो सताउने काम प्रधान कार्यालय नक्सालबाटै भएको छ ।

प्रहरी प्रधान कार्यालयमा दुई एसएसपीविरुद्ध यौ*न शो*षणको उजुरी परे पनि त्यसउपर कुनै छानबिन गरिएको छैन । हाल संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी शौरभ राणा तथा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला प्रमुख एसएसपी राकेश सिंहविरुद्ध गम्भीर उजु*रीमा प्रहरी मुख्यालयले आँखा चिम्लिएको हो ।

दुवै एसएसपीमाथि महिला प्रहरी कर्मचारीलाई यौ*न शो*षण गरेको आरोप छ । प्रहरी प्रधान कार्यालयले उजुरीउपर चासो नदिएपछि दुवैले गृह मन्त्रालयमा समेत उजुरी गरेका थिए । तैपनि न्याय पाउन सकेका छैनन् ।

प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसाउपर विशेष अभियान चलाइरहेको छ । तर, संगठनभित्रैकै यस्ता घटनामा पनि सिनियर अधिकृतहरुलाई जोगाउने गरेको छ । यसबाट संगठनका तल्लो तहका महिला प्रहरीले प्रहरीभित्रै असुरक्षित महसुस गरेका छन् । यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......