सापकोटाविरुद्धको विवरण ३० दिनभित्र पठाउन आदेश

प्रकाशित मिति: January 29, 2020 8:53 am

काठमाडौँ – ह*त्या गरेको आरोप लागेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अनुसन्धान प्रक्रियाको विवरण ३० दिनभित्र पठाउन मङ्गलबार सर्वोच्च आदालतले गृह मन्त्रालयलगायतका निकायलाई आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश भएको मितिले ३० दिनभित्र प्रगति विवरण पठाउन आदेश दिएको हो ।

व्यक्ति हत्याजस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई व्यवस्थापिका संसद्को शीर्ष नेतृत्वमा पदासीन गराउने गैरसंवैधानिक, गैरकानुनी र अन्तर्राष्ट्रिय मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

आजको नेपाल समाचारपत्रमा समाचार छ ।

सम्बन्धित शीर्षकहरु

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप ११६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल......

सरकारका हजार गल्ती होलान् तर नक्साले जीवन बचाएको छ : अध्यक्ष गिरी

काठमाडौं – आमूल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा......