भोली काठमाडौँका यि स्थानमा दिनभर बत्ती जाने

प्रकाशित मिति: January 31, 2020 6:24 pm

काठमाडौँ – काठमाडौको केही स्थानमा भोलि शनिबार दिनभर बत्ती नहुने भएको छ।
चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको हो।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

२५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, लकडाउन अझै कडा हुने

चैत १७, काठमाडौँ – सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले......

पुर्व स्वास्थ्य राज्य मन्त्री नै सरकारको विरुद्धमा, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा

चैत १६, सिन्धुपाल्चोक – विश्वभर कोरोना भाईरस (कोभीड – १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र......