सन्दिपले अमेरिकाविरुद्ध लिएको ८ विकेट बराबरको पैसा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई दिने

प्रकाशित मिति: February 12, 2020 3:27 pm

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका बलर सन्दिप लामिछाने र सुशन भारी चम्किँदा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज बिहान साडे ९ बजेबाट सुरु भएको खेलमा यी दुई नेपाली युवा खेलाडी चम्किँदा अमेरिका जम्मा ३५ रनमा समेटिन बाध्य भयो ।

यसैबिच सन्दीपले गरेको पुर्व घोषणा अनुसार चितवनमा बन्दै गरेको गौतम बुद्ध रंगशालालाई उनले अमेरिकाविरुद्धको ६ विकेट र अमेरिकाविरुद्धकै अघिल्लो खेलमा २ विकेट गरि जम्मा ८ विकेटको कुल ७० हजार ७ सय ८४ रुपैयाँ दिने भएका छन् ।

अमेरिकालाई एकदिवसीय क्रिकेटकै सर्वाधिक कम योगफलमा समेट्ने क्रममा सन्दीपले दोहोरो ह्याट्रिकसहित ६ विकेट लिन सफल भएसँगै उनले अर्को किर्तीमानी कायम गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

आइसोलेसनमा मृ*त्यु भएका व्यक्तिको ४ दिनसम्म शब उठेन

चैत्र २०, बुटवल – बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका......

१० रुपैयाँका दरले घट्यो डिजेल, पेट्रोल मुल्य, नयाँ मुल्य कति ? थाहा पाउनुहोस्

चैत्र २०, काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटाएको छ । निगमका अनुसार पेट्रोल,......