ब्रेकिङ न्युज

‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक

प्रकाशित मिति: February 13, 2020 6:32 pm

काठमाडौं – नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो।

फागुन ३० गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रले सांगीतिक प्रेम कथा वाचन गर्छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्माको प्रेममा आउने उतार–चढावलाई देखाईएको छ।

‘म यस्तो गीत गाउँछु २’लाई सुदर्शन थापा र पूजा शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन्। जन्मजय साम्पाङ राई चलचित्रको सह–निर्माताको रुपमा छन्। निर्देशक थापाकै कथा रहेको चलचित्रको पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेले तयार पारेका हुन्। चलचित्रमा पल र पूजाका अलावा दिनेश डीसी, हरिहर शर्मा, राजाराजेन्द्र पोखरेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ। सौरभ लामाले खिचेको चलचित्र छायांकनको जिम्मेवारी बनिष शाह र मिलन श्रेष्ठले पाएका छन्। चलचित्रमा अर्जुन पोखरेलको संगीत छ।

‘म यस्तो गीत गाउँछु २’मार्फत पल र पूजाको जोडी दोस्रो पटक पर्दामा देखिन लागेका हुन्।

सम्बन्धित शीर्षकहरु

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......