ब्रेकिङ न्युज

इन्दिरा तिवारीको ‘हल्का हल्का गुनगुनायो’

प्रकाशित मिति: February 14, 2020 5:10 pm

काठमाडौँ – गायिका इन्दिरा तिवारीको स्वरमा रहेको गीत ‘हल्का हल्का गुनगुनायो’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङरमाष्टरिङ गरेका छन् ।

निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।

गीत जति राम्रो छ मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा बुद्ध थापाको छायाँकन र सुरेश काफ्लेको ड्रोन रहेको छ ।

दर्जनौ गीत मार्फत स्रोता/दर्शकको मन मष्तिकमा राज गर्न सफल इन्दिराका माया प्रेम, आधुनिक, तीजकालगायत थुप्रै गीत सार्वजनिक छन् । ‘मेरा अन्य गीत जस्तै ‘हल्का हल्का गुनगुनायो‘’ले पनि स्रोतारदर्शकको साथ पाउनेमा आशावादी छु’, इन्दिराले भनिन् ।

सम्बन्धित शीर्षकहरु

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......