बिष्णुमायाको सम्पूर्ण पढ़ाइ खर्च “इन्काउन्टर”का फुर्बा दोर्जेले ब्यहोर्ने

प्रकाशित मिति: February 14, 2020 6:09 pm

काठमाडौः बिष्णु माया तामाङको सम्पूर्ण पढाइ खर्च चलचित्र “इन्काउन्टर” का नायक फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन । बिभिन्न म्युजिक भिडियो तथा टेलिचलचित्रहरू खेलिसकेका फुर्बा दोर्जे मोक्तानको चलचित्र “इन्काउन्टर” डेब्यु चलचित्र हो, जुन चलचित्र यहि चैत्र १४ गते रिलिज हुदैछ ।

फुर्बा दोर्जे मोक्तान मलेसियालाई कार्यक्षेत्र बनाइ कलाकारिता, ब्यबसाय तथा समाजसेवीमा सक्रिय छन । फुर्वाले बिष्णुमायालाई भेटेर रु १० हजार नगद तत्कालै सहयोग गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । १७ बर्षे बिष्णु माया अहिले बर्षबज्र इन्टरनेस्नल कलेज जोरपाटीमा कक्षा ११ मा अध्यानरत छिन् ।

बिष्णुमायाकी आमा मनमाया लोको फेब्रुअरी ६ मा क्यान्सरको कारण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा उपचारको क्रममा मृ*त्यु भएको थियो । बुबा वीर बहादुरको पनि क्यान्सरको उपचार भईरहेको छ । उपचारको लागि संसार भरका नेपालीहरुले सहयोग गरिरहेका छन् ।

कमलामाइ नगरपालिका ४ चुनेटार सुन्धुली घर भएका उक्त परिवारले काठमाडौको कपनमा किराना पसल गरेर परिवार चलाउँदै आएको थियो । हाल क्यान्सरको कारणले बुबा थला परेको र आमाको मृ*त्यु भएपछि बिष्णुमायालाई आर्थिक अभाव परेकोले आफुले बिष्णु माया तामाङको सम्पूर्ण पढाइ खर्च ब्यहोर्ने बाचा गरेको फुर्बा दोर्जे मोक्तानले हामीलाई बताएका छन ।

फुर्बा दोर्जे मोक्तान मलेसियामा रहेर पनि कलाकारिता, ब्याबसाय तथा समाजसेवी क्षेत्रमा परिचित तथा सक्रिय रहेका छन् । उनले बिदेशमा अप्ठारोमा परेकाहरूलाइ होस् या त नेपालमा, बिभिन्न सामाजिक कार्यहरूमा बिभिन्न माध्यमबाट सहयोग गर्दै आएका हुन ।

सम्बन्धित शीर्षकहरु

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......