सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

प्रकाशित मिति: February 20, 2020 3:38 pm

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग ७० करोड कमिसनका लागि बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।

बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका हुन् । मन्त्रीज्युले सम्बन्धित निकायमा राजीनामा बुझाएको अनौपचारिक जानकारी मसँग आएको छ सापकोटा भने ।’ संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । विहिबार बिहान अडियो सार्वजनिक भएपछि उनको चौतार्फि आ’लोचना र वि’रोध भैरहेको छ ।

सम्बन्धित शीर्षकहरु

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......