चिरञ्जीवी र मेलिनाको ‘बिस्तारै बिस्तारै तिमी मेरी’

प्रकाशित मिति: February 24, 2020 11:34 am

काठमाडौं – ‘बिस्तारै बिस्तारै तिमी मेरी’बोलको गीत सार्वजनिक भएको छ।

बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच मेलिना राई र चिरञ्जीवी भण्डारीको आवाजमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो। प्रतिमा गुरुङको शब्द रहेको गीतमा चिरञ्जीवीकै संगीत छ। सञ्जिव बराईलीको एरेञ्ज रहेको गीतले प्रेमभाव बोल्छ।

सुव्रतराज आचार्यको निर्देशनमा बनेको गीतको भिडियोमा गायक चिरञ्जीवी स्वयंमको अभिनय हेर्न सकिन्छ। उनको अपोजिटमा अभिनेत्री जेबिका कार्कीले अभिनय गरेकी छिन्।

उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन्। भिडियो चिरञ्जीवीकै युट्युब च्यानलमा हेर्न सकिन्छ।

सम्बन्धित शीर्षकहरु

युवकमा कोरोना संक्रमण देखिएपछि दैलेख अस्पताल बन्द

जेठ  १८, दैलेख -  जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ ।......

नेपालसँग जोडिएको भारतीय सीमा बन्द

जेष्ठ १७, बर्दिया - बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको......