जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

प्रकाशित मिति: February 25, 2020 11:52 am

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।

महाशिवरात्रिका दिन एक युवती साथीसँग घुम्न आएका ति युवाहरु अहिले महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा पुगेका छन् । प्रहरीले सिन्धुली दुधौली नगरपालिका–६ का अर्जुन अधिकारी, १८ वर्षीय शान्तिमान थामी दनुवार र राजीव थनेतलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

शिवरात्रिका दिन सूर्यविनायकको जङ्गलमा घुम्न गएका किशोरीका प्रेमीले साथीहरु कै अगाडि चुम्बन गरेपछि उसकै साथीहरुले जिस्किएर चुम्बन गरेको भिडियो खिचेका थिए । त्यही भिडियो मेट्न किशोरीले गरेको आग्रह साथीहरुले नमानेपछि यही कुरा प्रहरीमा पुगेपछि प्रहरीले तीनै जनालाई कटुञ्जेबाट पक्राउ गरेको हो ।

पक्राउ गरी प्रहरी वृत्त जगाती पु¥याइएपछि किशोरीले साथीले कुनै जबरजस्ती नगरेको भन्दै जाहेरी दिन नमानेपछि प्रहरीले सोमबार अभद्र व्यवहारमा मुद्दा चलाएको प्रनाउ गिरीले जानकारी दिए। किशोरीले साथीको मोबाइलबाट चुम्बन गरेको भिडियो डिलिट गरिदिए पुग्ने बताउँदै जाहेरी नदिएपछि अभद्र व्यवहारमा मुद्दा चलाएको उनको भनाइ छ ।
रासस

सम्बन्धित शीर्षकहरु

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......