प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा पूजा

प्रकाशित मिति: March 4, 2020 12:00 pm

काठमाडौँ – शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहदा उनको स्वास्थ्यलाभको कामना सहित पशुपति नाथमा बिषेश पूजापाठ गरिएको छ । पशुपति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पसुपति नाथमा मंगलबार पहिलो प्रहरको पुजापाठ गराएका हुन् ।

मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना सहित बिहान भएको बिषेश पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य सुभेक्षुकहरुको सहभागिता रहेको थियो । कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पशुपति नाथमा बिषेश पूजापाठ गराउन लागेको पनि जानकारी दिए ।

यो पनि हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......