कोरोना प्रभाव : सुनको मूल्य एकैदिन २२ सयले बढ्यो

प्रकाशित मिति: March 4, 2020 2:56 pm

काठमाडौँ – पछिल्लो केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ ।

कोरोना भानइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सुनमा देखिँदा यसको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।

छापावाल सुन बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढेर ८० हजार ५ स रुपैयाँ कायम छ । मंगलबार भने छापावाला सुन ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन पनि २२ सय रुपैयाँ प्रतितोलामा बढेर कारोबार भइरहेको छ । आज तेजाबी सुनको भाउ प्रतितोला ८० हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार तेजावी सुन ७८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो ९मंगलबार० भने चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप ११६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल......

सरकारका हजार गल्ती होलान् तर नक्साले जीवन बचाएको छ : अध्यक्ष गिरी

काठमाडौं – आमूल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा......