चैत ५ गतेसम्ममा विद्यालयहरुले वार्षिक परीक्षा सम्पन्न गरिसक्नुपर्ने

प्रकाशित मिति: March 4, 2020 5:39 pm

काठमाडौँ – विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको छ ।

सो निर्णयबमोजिम गर्ने गराउने कार्यमा सहजीकरण एवं समन्वय गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र स्थानीय पालिकाहरुका सङ्घ, महासङ्घहरुलाई शिक्षा मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन सभा, समारोह, गोष्ठी, सेमिनार, वार्षिक उत्सव लगायतका भेला हुने प्रकृतिका कुनै पनि कार्यक्रमहरु विद्यालयले आयोजना नगर्न नगराउन पनि सूचित गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......