मास्क महँगोमा बेचेको वा लुकाएको पाइएमा ३ लाख जरिवाना

प्रकाशित मिति: March 5, 2020 2:13 pm

काठमाडौँ – मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ ।

बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् ।

उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइएमा अधिकतम ३ लाखसम्म जरिबाना गराउने विभागले जनाएको छ । यसैबीच चीन र भारतले कच्चा पदार्थ आपूर्ति नगर्ने निर्णय गरेकाले हुन सक्ने सम्भावित अभाव आपूर्ति कसरी गर्ने भन्ने बारेमा सरकारले बिहीबार सम्बन्धित निकायसँग छलफल गर्ने भएको छ ।

सम्बन्धित शीर्षकहरु

२५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, लकडाउन अझै कडा हुने

चैत १७, काठमाडौँ – सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले......

पुर्व स्वास्थ्य राज्य मन्त्री नै सरकारको विरुद्धमा, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा

चैत १६, सिन्धुपाल्चोक – विश्वभर कोरोना भाईरस (कोभीड – १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र......