विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई जागिरबाट निकालियो

प्रकाशित मिति: March 7, 2020 2:45 pm

काठमाडौँ – काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई कारवाहीस्वरूप जागिरबाट निकालिएको छ । उनले परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै ३४ विद्यार्थीलाई हात चिर्न लगाएकी थिइन् ।

शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ का ९ जनाले कक्षाकोठामै ब्लेडले हात चिरेका हुन् । गत साता शिक्षिका कर्माचार्यले परीक्षा लिएकी थिइन्। परीक्षा लिनु अगाडिदेखि नै उनले कम नम्बर ल्याउने विद्यार्थीलाई हात चिर्नुपर्ने धम्की दिएकी थिइन्।

उनले १२ बर्षदेखि एकेडेमीमा सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन् । विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठले शिक्षिका कर्माचार्यलाई शुक्रबारदेखि लागू हुने गरी अवकाश दिइएको बताए। शिक्षिका कर्माचार्यले पनि गल्ती स्वीकारेकी छन् ।

याे पनि हेर्नुहाेस्

सम्बन्धित शीर्षकहरु

२५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, लकडाउन अझै कडा हुने

चैत १७, काठमाडौँ – सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले......

पुर्व स्वास्थ्य राज्य मन्त्री नै सरकारको विरुद्धमा, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा

चैत १६, सिन्धुपाल्चोक – विश्वभर कोरोना भाईरस (कोभीड – १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र......