बाँस्कोटाको घरमा बम विष्फोट गराउने एक जना प्रकाउ

प्रकाशित मिति: March 11, 2020 4:25 pm

फागुन २८, काठमाडौं – पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरलाई लक्षित गरेर बम विष्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

लमजुङ घर भई जडिबुटीस्थित सुकुम्बासी बस्तीमा बस्ने देवीबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङ विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बास्कोटाको घरमा बुधबार बिहान प्रेसर कुकर बम विस्फोट गराइएको थियो । बम विस्फोटबाट घरका झ्यालका सिसाहरु फुट्नुका साथै पर्खालसमेत भत्किएको छ ।

सम्बन्धित शीर्षकहरु

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप ११६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल......

सरकारका हजार गल्ती होलान् तर नक्साले जीवन बचाएको छ : अध्यक्ष गिरी

काठमाडौं – आमूल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा......