सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आँचलको जवाफ (भिडियो)

प्रकाशित मिति: March 17, 2020 4:40 pm

काठमाडौँ – अभिनेत्री आंचल शर्मा र डा उदिप श्रेष्ठको गत बिहीबार विवाह सम्पन्न भएको छ । विवाह र रिसेप्सन पार्टीको विषयलाई सामाजिक संजालमा यतिबेला निकै चर्चा भईरहेको छ।

बिशेष गरि रिसेप्सन पार्टीमा लगाएको ड्रेसको मुल्य र हेलिकप्टरको इन्ट्रीले सामाजिक संजालमा चर्चाको बिषय बनेको छ। कतिपयले यसलाई ट्रोलको बिषय समेत बनाएका छन्। तर आंचलले भने यसलाई सटिक हिसाबले जवाफ फ़र्काएकी छिन्। सामाजिक संजालमा दुवैको तस्विर शेयर गर्दै उनले स्टाटस पोष्ट गरेकी छिन्।

हरेक महिलाको एकपटक विवाह गर्ने सपना देखेकी हुन्छिन् भन्दै आंचल लेख्छिन्, एउटा यस्तो दन्त्यकथा जहा हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एकपटक विवाहको सपना बोकेकी हुन्छिन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् ।

जसले आफ्नो सपनाको बिषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन्। उनि अगाडी थप्छिन्, ‘हाम्रो स – साना कार्यक्रममा सहभागी भएर हाम्रो आनन्दमय यात्रालाई मद्दत गर्न सहयोग गर्नुहुने सवैलाई धन्यवाद।’

सम्बन्धित शीर्षकहरु

२५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, लकडाउन अझै कडा हुने

चैत १७, काठमाडौँ – सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले......

पुर्व स्वास्थ्य राज्य मन्त्री नै सरकारको विरुद्धमा, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा

चैत १६, सिन्धुपाल्चोक – विश्वभर कोरोना भाईरस (कोभीड – १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र......