एसइई परीक्षा केन्द्रमा हेल्थ डेस्क, बाँकी शैक्षिक संस्था चैत ३० गते सम्म बन्द

प्रकाशित मिति: March 18, 2020 5:40 pm

चैत ५, काठमाडौँ – सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गर्ने भएको छ। कोभिड – १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो।

एसईई बिहीवार देखि सुरु हुँदै छ। बैठकले प्रत्येक परीक्षा केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो।

बैठकले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ।

सम्बन्धित शीर्षकहरु

२५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, लकडाउन अझै कडा हुने

चैत १७, काठमाडौँ – सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले......

पुर्व स्वास्थ्य राज्य मन्त्री नै सरकारको विरुद्धमा, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा

चैत १६, सिन्धुपाल्चोक – विश्वभर कोरोना भाईरस (कोभीड – १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र......