सन्जिब पराजुली र कमल खत्रीको ‘सात सुरमा’

प्रकाशित मिति: March 19, 2020 4:28 pm

काठमाडौं – गायक सन्जिब पराजुली र कमल खत्रीको स्वरमा रहेको ‘सात सुरमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कमलकै शब्द र संगीत छ । दी भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिएको भिडियो निकै आकर्षक देखिन्छ ।

सेमी क्लासिकल फ्लेभरको गीतको भिडियोमा गायकद्वय कमल र सन्जिब फिचर्ड छन् । भिडियोमा वाद्यवादनका सदस्यहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर, विक्रम थापा, रिकेश गुरुङ र कृष्ण सापकोटा पनि देख्न सकिन्छ ।

गीतमा गुरु चन्दन श्रेष्ठको तरना रहेको गीतमा रिकेश गुरुङको एरेन्ज छ । लक्ष्मण पौडेलको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारी र उनको समूहको छायांकन छ । भिडियोमा सोहन मानन्धरको कलर करेक्सन र सम्पादन छ । भिडियोलाई गायक सन्जिब पराजुलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो लिंक

सम्बन्धित शीर्षकहरु

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......