युवराज चौलागाईंको ‘देवतालाई भाकी…’

प्रकाशित मिति: March 22, 2020 8:29 am

काठमाडोँ – लोकप्रिय गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ। ‘देवतालाई भाकी‘’ बोलको उक्त गीत युवराजको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

कौशिला खनाल कर्माचार्यको शब्द रहेको गीतमा गायक युवराज चौलागाईंको स्वर र सङ्गीत सुन्न सकिन्छ। गीतलाई उदाय राज पौडेलले एरेन्ज गरेका हुन्।

भिडियोमा गायक चौलागाईंलाई नायिका मेनुका प्रधानले अभिनयमा साथ दिएकि छिन्। चितवनको मेघौलीमा भिडियोको छायाँकन गरिएको हो। भिडियोमा युवराजलाई प्रकृतिप्रेमी देखाईएको छ।

जीवन रिजालको सिनेमेटोग्राफी रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन् । गीतको कोरियोग्राफी दिपक राज सुनारले गरेका हुन्। म्युजिक भिडियो भुषण दाहालले निर्देशन गरेका हुन्।

चौलागाईंको किन टाढा भयौ, तिम्रा डोला डोला , हारे हारे , लत्तर पत्तर, मनको दाग, मिस गरे , झुटो माया , एक्लै जिउने , हरेक शब्द , तिम्रो माया , पल पल चोट, किराना पसल लगायत नेपाली गीतहरु चर्चित छन्।

सम्बन्धित शीर्षकहरु

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......