काठमाडौँमा १९ वर्षिया युवतीलाई कोरोनाभएको पुष्टि

प्रकाशित मिति: March 23, 2020 1:01 pm

काठमाडौँ – काठमाडौंमा एक जनामा कोभिड १९ भएको पुष्टि भएको छ । सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै नेपालमा पनि कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया युवती भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्ण आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो।

मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो।
आइतबार कोरोना भाइरस पोजेटिभ देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै उनको सम्पर्कमा आएका परिवारलाई पनि आइसुलेसनमा राखिएको उल्लेख गरिएको छ । अहिले ती संक्रमितको परिचय भने खुलाईएको छैन ।

सम्बन्धित शीर्षकहरु

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......