ब्रेकिङ न्युज

लकडाउनमा जबरस्ती हिड्नेलाई यसरी समात्ने

प्रकाशित मिति: March 27, 2020 5:37 pm

चैत १४, काठमाडौँ – विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको नेपालमा ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये एक जना निको भइसकेका छन् भने २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

भाइरस संक्रमणको आशंकामा देशका विभिन्न अस्पतालहरुमा गरी ६३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यस्तै कोरोना भाइरसको आशंकामा देशका विभन्न स्थानमा १ हजार १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकाहरुमा युरोप, अमेरिका, खाडीबाट डिपोर्ट भइ आएका र लक डाउन भएपछि भारतबाट आएकाहरु धेरै छन् । नेपालमा कोरोना भाइरस संक्रमणको आशंकामा ७ सय ६८ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य परीक्षण गरिएकामध्ये ७ सय ५५ जनाको नतिजा नेगेटिभ आएको छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन मङ्गलबारदेखि एक हप्ताको लागि सरकारले लागू गरेको लकडाउन गरेको छ । तर, जबर्जस्ती बाहिर निस्किनेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । त्यसका लागि प्रहरीले ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को प्रयोग गर्न थालेको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......