ब्रेकिङ न्युज

धनगढीमा दुबईबाट आएका व्यक्तिलाई कोरोना (भिडियो)

प्रकाशित मिति: March 27, 2020 7:29 pm

चैत १४, काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या फेरि १ जना थपिएको छ । धनगढीमा भेटिएका उक्त व्यक्तिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना र आज कोरोना भाइरस पुष्टि भएको बताए ।

हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । उनको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ । यो उपत्यका बाहिरको पहिलो केश हो ।

यस अघि संक्रमित २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ भने एक जना निको भइसकेका छन्।

काेराेना अपडेटकोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छनहाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् ।

Posted by Ministry of Health and Population-Nepal on Friday, March 27, 2020

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......