ब्रेकिङ न्युज

कोरोनाबाट स्पेनकी राजकुमारीको निधन

प्रकाशित मिति: March 29, 2020 10:02 am

एजेन्सी – स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।

कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्।

यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ८१२ पुगेको छ।

स्पेनमा गत २४ घण्टाभित्र ८३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७२ हजार २४८ संक्रमित भइसकेका छन्।

सम्बन्धित शीर्षकहरु

को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन्......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......