ब्रेकिङ न्युज

२५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, लकडाउन अझै कडा हुने

प्रकाशित मिति: March 30, 2020 7:45 am

चैत १७, काठमाडौँ – सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो । यसअघि चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म पहिलो चरणमा गरिएको लकडाउनलाई थप गरिएको हो ।
कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।
यस्तै सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरु सबै क्षेत्रलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत तथा खाद्य संस्थानले बेच्ने दाल , चामल लगायतका दैनिक उपभोग्य खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......