ब्रेकिङ न्युज

माहामारीको अबस्था र बिरोध

प्रकाशित मिति: April 1, 2020 9:50 pm

– बिपिन ढकाल
सार्वजनिक खरिद ऐन २०६३ बमोजिम सरकारका सम्पुर्ण निकाय / तह ले खरिद गर्नु पर्ने कानुनि व्यवस्था छ । यहि ब्यवस्था अनुसार मेडिकल सामाग्री खरिद गर्ने प्रक्रिया चलिरहेको वेला लक डाउन लागेकाले तत्काल सामान किन्नु पर्ने बाध्यात्मक परिस्थितीले गर्दा सरकारले मेडिकल ब्यबसायीहरुलाई बोलाई कोटेशन बुझाउन भन्दा २ वटा कम्पनिले मात्र बुझाएको र त्यस मध्ये सबै कुरा कानुन सम्मत भएकाले ओम्नि गु्रपले पाएको देखिन्छ । सोचौ त त्यसरि कम बोल कबोल गर्नेले नपाको भा कति बिरोध गर्थे होला । सामानमा केहि महङ्गो भएको त स्वास्थ्य मन्त्राले स्विकारेकै छ किनकि तत्काल सामान दिदा केहि महङ्गो पर्ने कुरा सबैले बुझेको हुनुपर्छ ।

यदि तपाईले मोबाईलको चार्जर किन्न जादा एउटै मोबाईलको चार्जर रु १०० देखि रु २/ ३ हजार सम्म पर्ने कुरा हुन्छ । तर क्वालिटि राम्रो कि नराम्रो भन्ने कुरा पनि बिल्कुल नया रोग जसका धेरै पहेलिहरु ्आजका दिन सम्म पनि पत्ता नलागिसकेकोले हामिले जसरि पनि जान्नु पथ्र्यो जानेर सामान किन्नु पथ्र्यो भन्ने कुरा अराजकता बाहेक अरु केहि हुन सक्दैन । यस्तो कुरा जस्ले टेन्डर पाएनन वा जसले सामान बेच्न पाएनन उनिहरुले अफवाह फैलाउने र कतिपय जनता झुक्किने हुन सक्छ जुन बिस्तारै बुझ्दै जादा थाहा हुन्छ । जसको उदाहरण ठुला मिडियामा चर्को बिरोध आउने महिनौ दिन सम्म र केहि पछि त्यहि कम्पनिको ठुलो बिज्ञापन आएपछि सबै मिल्ने त हामिकहा धेरै उदाहरण छन ।

अब धेरै मानिसको स्वास्थ्य जाच गर्ने उद्देश्य लिएको सरकारले ठेक्का बमोजिम सामान नपाए पछि र बुझ्दै जादा ओम्निले दिने भनेको किट पनि काम नलाग्ने भएको हुन सक्ने र अन्य उपकरण पनि नदिएकाले बेलैमा ठेक्का रद्द गर्ने, कालो सुचिमा राख्ने र कारवाहिको प्रक्रियालाई अगाडि बढाउदा पनि यस्ताले आलोचना बढि गरिरहेका छन जो मध्ये केहि त्रिभुवन बिमानस्थल भारतिय कम्पनिलाई दिने योजना बनार बिफल हुने छन त कोई दु्रतमार्ग मा कमिसन खान खोज्ने हरु छन र त्यस्तै ले जनताको जोशलाई डाईभर्ट गर्न खोजेका छन ।

सामान दिन नसकेपछि समयमै ठेक्का रद्द गर्ने कुरा के ईतिहासमा न पहिला हो न भबिश्यमा पनि हुन नसक्ने कुरा हो । यसको मतलब सरकारको काममा भ्रस्टचार भएकोछ वा छैन भनि किटिएको हैन तर एक यस्ता मन्त्रि जसको कारण आज बिश्वका महाशक्तिहरु चुकेको बेला (अमेरिकाले एक लाख मर्ने प्रक्ष्येपण गरेको छ ) आज सम्म सुरक्षित बनाउन पहल गर्ने लाई हचुवाको भरमा आरोप लगाउदै गर्दा उचित हो कि हैन भनेर सोच्नु पर्छ सम्म भनेको हो यसै बिचमा अख्तियारमा उजुरि परिसकेकाले यो बिषय बिना पुर्वाग्रह छानबिन हुनुपर्छ भन्ने पनि हो । तर त्यतिखेर सम्म सरकारलाई काम गर्न दिने पो हो कि ।

लगभग पन्ध्र करोड जनसंख्या भएको बिहारमा एउटा पनि कोरोना टेष्ट ल्याब नभएको अबस्थामा हाम्रोमा लगभग हरेक प्रदेशमा लयाब बनाउन अहोरात्र खटेका र आजका दिन सम्म कुनै बिबादमा नपरेका नेतालाई हर्ने नजर हाम्रो अलि न्याय दिने खालको नभएको होकि भनेर बिबेचना गर्ने र सरकारको कोरोना रोकथामका लागि गरेका कदमलाई साथ दिई थोरै समय कुर्ने पो हो कि ?

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......