ब्रेकिङ न्युज

१० रुपैयाँका दरले घट्यो डिजेल, पेट्रोल मुल्य, नयाँ मुल्य कति ? थाहा पाउनुहोस्

प्रकाशित मिति: April 2, 2020 7:54 am

चैत्र २०, काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०/१० रुपैयाँका दरले घटेको हो ।

निगमको सञ्चालक समितिको बैठकले इन्धनको मूल्यमा १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

अब पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । खाना पकाउने ग्याँसको मूल्यमा भने कुनै समायोजन गरिएको छैन । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेका कारण नेपाल आयल निगमले पनि मूल्य समायोजन गरेको हो ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......