ब्रेकिङ न्युज

दिक्षा चापागाईको आश्रममा रमेश पौडेलको ५० हजार भन्दा बढिको आर्थिक सहयोग

प्रकाशित मिति: April 6, 2020 3:29 pm

चैत्र २४, काठमाडौँ – अहिले विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ । न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले बाँकी राखेको छैन । यसको प्रकोप नेपालमा पनि आइपरेको छ । हालसम्म नेपालमा ९ जना कोरोना भाइरसको संङ्क्रमित भेटिएका छन् । सरकारले कोरोनाबाट बच्न पुरै नेपाललाई ११ गते देखि लकडाउन गरेको छ । यसैक्रममा राष्ट्रिय युवासंघ नेपालका सह सम्योजक रमेश पौडेलले व्यक्तिगत पहलमा राहत बितरण गरेका छन् ।


पौडेलले दिक्षा चापागाईले सञ्चालन गरेको पवित्र समाज सेवा आश्रममा सोमबार ५० हजार भन्दा बढिको खाद्यान्न सहयोग गरेका छन् । उक्त आश्रममा ६० जना भन्दा असहाय बालबालिका, बृद्धहरु छन् । आश्रममा १२ दिनको शिशुलाई पनि आश्रय दिइएको छ, उनकी आमा मानसिक सन्तुलन गुमाएर हाल अस्पतालमा उपचारत छिन् ।

 

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......