ब्रेकिङ न्युज

कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित

प्रकाशित मिति: April 7, 2020 3:15 pm

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी बैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने गरी गत माघ ७ गते परीक्षा तालिका सार्वजनिक गरेको थियो । यसअघि प्रवेशिका (एसइई) परीक्षा पनि स्थगित भइसकेको छ ।

बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गर्नुपरेको बताए । ‘अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको छ,’ उनले भने, ‘अवस्था सामान्य भइसकेपछि नयाँ सूचना सार्वजनिक गरिनेछ ।’

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......