ब्रेकिङ न्युज

लकडाउनको मौका छोपी चोरी तस्करी बढ्यो

प्रकाशित मिति: April 10, 2020 4:43 pm

फाइल फाेटाे

चैत २८, दाङ – सरकारले गरेको लकडाउनको मौका छोपेर दाङमा काठ त’स्करी गर्ने क्रम बढ्दै गएको छ ।

जिल्लाको बजारदेखि टाढा रहेका वन क्षेत्रबाट तस्करहरुले काठ चो’री त’स्करी गर्ने गरेका छन् । कोरोना भाइरस सङ्क्रमणका डरले कर्मचारी छुट्टीमा बसेको मौका छोपेर वनमा तस्कर समूह सक्रिय हुन थालेको पाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

“जिम्मेवार तहका व्यक्तिहरु नै रुख फडानीमा संलग्न रहेको पाइएको छ”, डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले भने, “लकडाउनको मौका छोपेर यसपटक अधिकांश नयाँ ठाउँमा तस्करहरुले काठ कटान गरेका छन् ।” उनले लकडाउन शुरु भएदेखि हालसम्म विभिन्न ६ वटा वन पैदावार चोरी तथा तस्करीका घटनामा १० जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुबाट सयौ क्युफिट काठ, तीन ट्याक्टर तथा रुख काटन प्रयोग गरिने औजार बरामद भएको छ । बरामद गरिएको काठलाई मुचुल्का तयार गरी सुरक्षित साथ राखिएको प्रमुख ज्ञवालीले बताए ।

चोरीमा संलग्नको विस्तृत विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । लकडाउनका अवधिमा बढेको काठ तस्करी तथा चोरी निकासी नियन्त्रण र वन्यजन्तु सिकारका घटनाहरु बढन नदिन विभिन्न समूह बनाएर वन गस्ती शुरु गरेको कार्यालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......