ब्रेकिङ न्युज

५२ दिनमै करोड क्लबमा ‘मेरी छोरी’

प्रकाशित मिति: April 15, 2020 6:25 pm

काठमाडौँ – लोक तथा दोहोरी गायक मेक्सम खाती र गायिका माण्डवी त्रिपाठीको साथमा बाल गायिका दिपिका कंडेलको आवाजमा रहेको गीत ‘मेरी छोरी’ करोड क्लव पार गरेको छ ।

गायक एवं सर्जक नरेश खातीको शब्द सिर्जना तथा संगीत रहेको उक्त गीतको भिडियो ५२ दिन अघि युट्युबमार्फत सार्वजनिक गरिएको थियो ।

प्रिज्म स्टुडियोमा रेकर्ड गरेर बजारमा ल्याइएको उक्त गीतमा पुरुषोत्तम न्यौपानेको संगीत संयोजन रहेको छ । साथै, क्रान्ती केसीको निर्देशनमा तयार भएको गीतको भिडियोमा अजय रेग्मीको छायांकन रहेको छ भने नायक दिलिप रायमाझी, नायिका दिया जिसी र बाल कलाकार एभिलिना खड्काले अभिनय गरेका छन् ।

दर्जनौं गीत सिर्जना गरेर बजारमा ल्याएका मध्ये अहिलेएसम्मकै करोड क्लव पार गर्न सफल यो गीत पहिलो भएको सर्जक नरेश खातीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......