ब्रेकिङ न्युज

ड्यान्ग गरेर ठुलो आवाज आयो, कमरेडहरू सुन्नुभो की नाई ?

प्रकाशित मिति: April 20, 2020 6:38 pm

केहि घन्टा अगॉडिदेखि कोरोनॉ भन्दॉ ठुलो भुईचॉलो सॉमॉजिक संजॉलमॉ देखिदैछ । संसारकै अहिलेको मुख्य प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो । नेपालका लागि पनि यतिबेला अन्य सबै बिषय गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकता पुर्वक समर्पित रहनैपर्छ ।

सानोमा ईतिहासका घटना पढ्दा अनौठो लाग्थ्यो तर हामीले तिभन्दा झनै विकराल घटना भोग्यौ र देख्यौं – माओवादी, दरबार – हत्याकाण्ड, ब्यवस्था – परिवर्तन, राजसत्ता , भुकम्प र कोरोना ।

हिजो न भोलि
धेरै नसोचौं
आजै डटौं र बाचौं अब कुनै संकट नआओस अध्यादेश नभएर फुट्नबाट रोकिएको पार्टी हैन नेकपा,  हिजो यो मुलुकका दुई कम्युनिष्ट पार्टीसँग दुई वटा विकल्प थिए ।

१. एकले अर्कालाई निलेर जाने ।
२. एक अर्कामा मिलेर जाने ।

शुरुमा निल्ने नै प्रयास भएको हो । अर्कोलाई कमजोर बनाउन दुवै पार्टीले हद पार गरेकै हुन, अहिले पनि फेसबुकमा मेमोरी हेर्दा यो देखिन्छ ।

जति गर्दा पनि एकले अर्कोलाई निल्न नसकेपछि यो देश दलाल, पूँजीपति र माफियाहरुको हातमा जानबाट जोगाउन र मुलुकलाई राजनैतिक स्थिरता प्रदान गर्न यी दुई पार्टीहरू मिल्न अनिवार्य जस्तो भयो । यो कोही सीमित एक दुई जनाको इच्छाले सम्भव भएको कुरा पनि थिएन । जसले जे भनेपनि वर्तमान अध्यक्ष द्वय कमरेडहरु बिचको केही वर्ष अगाडिको सम्बन्ध र दुई पार्टी बीचको सम्बन्ध सबैलाई थाहा नै छ । यसकारण यो इच्छा केपी ओली र प्रचण्डको मात्र थिएन, यसकारण पनि सीमित मान्छेहरूले इच्छा गरे भन्दैमा यो पार्टी फुटीहाल्दैन ।

अध्यादेश पास हुने कुरा सामान्य हो । यो सरकारले नेकापका लागि मात्र भनेर अध्यादेश पास गर्ने पनि हैन । फेरि अर्को कुरा केपी शर्मा ओली नेतृत्वको यो सरकार आफ्नो स्थिरता सँग केही कुरामा सम्झौता गर्न तयार छैन ।

लक डाउन को बेला जे कुराको पनि धेरै चर्चा हुन्छ, चर्चा सुनेर बसौं केही छैन, समय आरामसँग बित्छ । अहिलेको समस्या कोरोना भाइरस नै हो र सचेत हुने पनि यसमै हो ।
सुरक्षित भएर बसौं, सचेत भएर बसौं ।सरकॉरलॉई विपदमॉ सॉथ दिउ नेपॉलि जनतॉलॉइ नरुवॉऔ । रॉजनितिक खिचॉतॉनि पछि गरौलॉ । ऑफु बॉचौ अरुलॉई बचाऔ ।

– दिनेश ढकाल (जापान)
केन्द्रीय सदस्य (राष्ट्रीय युवॉसंघ नेपॉल )

सम्बन्धित शीर्षकहरु

को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन्......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......