ब्रेकिङ न्युज

मकैको बीउमा किसानलाई ठग्दै मण्डनदेउपुरका वडाअध्यक्ष

प्रकाशित मिति: April 27, 2020 12:19 pm

काभ्रे – अघिल्लो बर्षहरुमा काभ्रेको पाँचखाल, मण्डनदेउपुर, भुम्लु र सिन्धुपाल्चोकको चौतारा र सुनकोशी गाउँपालिकामा राम्रो उत्पादन भएपछि किसान सिपी ८०८ मकैको बीउमा आकर्षित भएका छन् । अहिले मकैको बिउ किन्नको लागि किसानहरुलाई धेरैनै समस्य भएको पाईन्छ ।

लकडाउनको समयमा मकैको बिउ सटेज हुन्छ भनेर त्यसको फाइदा जनप्रतिनिधीले नै उठाउन थालेको र मकैको बीउमै ठगी गरेको गुनासो स्थानीयले गर्न थालेका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १२ का अध्यक्ष गोविन्द प्रसाद पराजुलीले एक पोका मकैमा दुई सयभन्दा धेरै लिएको आरोप स्थानीयले लगाएका छन् । किसानलाई उन्नत जातको मकैको बीउमा वडा अध्यक्ष पराजुलीकै सेटिङमा एक पोका मकैमा दुई सय रुपिया धेरै लिएको आरोप स्थानीयको छ ।

नेपाली काँग्रेसबाट निवार्चित वडाध्यक्ष पराजुलीकै सेटिङमा वडा सदस्य नारायण पराजुली, सानडिही दुध संकलन केन्द्रका सचिव, ठुलढिही दुध संकलन केन्द्रका सचिव, भतेरे डेरीका सचिवको मिलोमतोमा मकैको बीउमा अनियमिता भएको स्थानीयको आरोप छ । विश्वनै कोरोनाको प्रकोपमा परेको समयमा हजारौ रुपिया कमाउने नाममा मकैको बीउमा रकम समेत उल्लेख नगरि बिक्री भएको उनीहरुको आरोप रहेको छ ।

सो मकैको बीउ बनेपाबाट दुइ हजार एक सयमा बनेपाको सांग्रिला एग्रेभेटबाट ल्याएर दुई हजार तीन सयमा बिक्री गरेको स्थानीयको आरोप छ । उनीहरुले मण्डनदेउपुर १२ र भुम्लुका विभिन्न वडा तथा सिन्धुपाल्चोकसम्म बिक्री गरेको खुलेको छ । एक प्याकेटमै २ सयका दरले नाफा खाएका उनीहरुले चार हजार प्याकेट मकैको बिक्री गरेको स्थानीयहरुको आरोप रहेको छ । यसरी वडाअध्यक्षकै संरक्षणमा कालोबजारीले प्रोत्साहन पाएको स्थानीयहरुले बताए ।

मैले किसानलाई तीन महिनाको लागि उधारो मकै बितरण गरिएको मण्डन देउपुर नगरपालिका वडा नं १२ का अध्यक्ष गोविन्द प्रसाद पराजुलीले बताए । किसानलाई यो समयमा मकैको बीउ समस्या हुन्छ भनेर धेरै खरिद गरेर ल्याएर बितरण गरिएको वडा अध्यक्ष पराजुलीले बताए । खरिद मुल्य २१ सय ५० तिरेर मकै बीउ ल्याएको २३ सयमा किसानलाई बिक्रि गरिएको वडा अध्यक्ष पराजुलीले स्वीकारे । तीन महिनालाई उधारो दिदा मलाई कति ब्याज घाटा हुन्छ तपाई आफै भन्नुस पछि गाउँको केहिले मकै ल्याएर सस्तोमा बिक्रि गर्न लागेपछि यस्तो कुरा बाहिरा आएको वडा अध्यक्ष पराजुलीको भनाई छ ।

बनेपाको साग्रिला एग्रोभेटवाट उनीहरुले २१ सयमा मकै ल्याएको स्थानीयले बताए पनि उनले २१ सय ५० तिर्नुपरेको बताए । सो मकै स्थानीय रुपमा व्यापार गर्ने आरजु एग्रोभेटले दोलालघाटमा ल्याएको हो । सो एग्रोका संचालक वडाअध्यक्ष पराजुली हुन् । सो एग्रोबाट वडासदस्य नारायणप्रसाद पराजुली र दुध सहकारीका सचिव प्रविण पराजुली र नवराज पराजुलीले २३ सय रुपियामा मकैको बीउ बेचर ठगेका हुन् । अरु स्थानीय सरकारले सस्तोमा बीउ दिएको समयमा जनप्रतिनिधीबाटै धेरै मूल्यमा लिएर ठगिनु लज्जाको बिषय रहेको स्थानीयहरु भन्न थालेका छन् ।

– बेथानचाेकखबरबाट साभार

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......