ब्रेकिङ न्युज

रामप्रसाद सापकोटा ‘दिपशिखा’ लाई खुलापत्र !

प्रकाशित मिति: April 29, 2020 7:15 pm

दिनेश ढकाल
केन्द्रिय सदस्य (राष्ट्रीय युवासंघ नेपाल)

प्रिय कमरेड संयोजक कमरेड दिपशिखा तपाईको समर्थन सहयोग र योजनामा एकपछी अर्को गर्दै पुर्वमाओवादीका नेता तथा कार्यकर्ता सरकारमाथि एकोहोरो प्रहार गरिरहेका छन ।

सरकार लक्षित तथा पुर्व एमाले नेताहरुमाथि निरन्तर विरोध गर्दैछ्न यो भन्दा अगाडिको हैसियत के थियो उहाहरुको एकल निर्वाचन लड्न सक्ने क्षमताको त कुरा नगरौ नेपाली काङ्ग्रेस सगको सहकार्यमा स्थनिय निकायको निर्वाचन लड्दा कुन हविगत भएको थियो र त्यो हबिगतलाइ बैतरणी कस्ले तराएको थियो र तराइरहेको छन ? आज पुर्वमाओवादीहरुले आफ्नो बिगत बिर्सिए जस्तो छ । हामी कुनै पनि किसिमको सर्बसत्तावाद स्विकार गर्ने स्कुलिङबाट आएको होइनौ र चाहन्नौ पनि उहाँहरुको हरेक ठाउँमा आफै हावी हुनुपर्ने बिकृत मानसिकता उद्द्न्डता युद्धको धङधङीबाट मुक्त हुन नसकेको उपज नै हो ? तपाई जुन कमिटीको संयोजक हुनुहुन्छ त्यहि कमिटीको ईन्चार्ज भएको नाताले मात्र होईन कि जुन उद्देश्यका साथ महेश बस्नेत तराई जानुभएको थियो । त्यो मिसन सफल भएको भए त्यो राजनैतिक लाभ महेश बस्नेतलाई मात्र होईन तपाई हामी सबैको भागमा पर्थ्यो भन्ने कुरा पनि विचार गर्नुपर्थ्यो भन्ने आस थियो आम कार्यकर्ताको ।

कहिले पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी ओली विरूद्ध विष वमन गरिरहनुभएको छ त कहिले एउटै कमिटीका समान हैसियतका सहसंयोजकले अभिव्यक्त गरेका धारणा, राष्ट्रिय हित विपरीतका गतिविधिको विरोधमा संचालन गरिएको कार्यक्रमलाई संगठनको आधिकारिक होईन भनि प्रचार प्रसार गर्दा आफु ईतरका नेताले चालेका र त्यहि टिमबाट समेत गलत कदम हो भन्ने आवाज उठ्दा समेत त्यस्तो कदमका विरूद्ध बोल्ने हिम्मत किन गर्नु हुन्न ? अझ हामी त आन्तरिक जनवादको अभ्यास गरी संगठन चलाउने इस्कुलिङबाट हुर्किएका हौं कमरेड, हामीलाई संगठनले निर्णय लिन कस्तो वेलामा अलि बढि केन्द्रीयता, कस्तो वेलामा अलि बढी जनवाद र कस्तो वेलामा केन्द्रीयता र जनवादको सन्तुलन मिलाउने राम्रो सँग थाहा छ कमरेड ।

यो गतिविधिका लागि केन्द्रीयताको निर्णय प्रदान थियो होइन र कमरेड ? अब हामी हाम्रा नेताहरु हाम्रा बिचारहरुमाथी भैरहेको एकोहोरो प्रहार सहन गर्नेवाला छैनौ ।राजनितिक बिषयमा अराजनीतिक प्रोपोगन्डा लिएर हाम्रा नेताहरुको बिरोध कहिले सम्म सहने ? संयोजक ज्यु महेस बस्नेत हाम्रो आत्मा हुन युबा संघको प्राण हुन हामी सबै शरीर हौ आत्मा बिना शरीर काम छैन तेसैले महेश बस्नेत बिनाको युबा संघको परिकल्पना गर्दै हुनुहुन्छ भने त्यो आत्मा बिनाको शरीर हो जहाँ जीवन रहदैन र श्वासबिनाको शरिर लास भनिन्छ जस्को अस्तित्व केही हुदैन रहदैन पनि येस्तो तथाकथित परिकल्पना नगरौ तपाईंहरुको जस्तो अधिबेशन बिना नेतृत्वको आशिर्वादले आजिवन पदमा रहने प्रचलन हाम्रोमॉ छैन ।

हाम्रोमा त कार्यकर्ताले आफ्नो नेतृत्वको चयन गर्ने प्रचलन छ त्यसैले सस्तो लोकप्रीयताको लागि लेख्ने बोल्ने हो कि सथ्य तथ्यमा आधारित भएर संगठनको लागि काम गर्ने हो ? सक्नु हुन्छ भने तुरुन्त कमिटिहरुलाइ पुर्णता दिएर अधिबेशनको तयारी गर्ने हो कि ? फेसबुके प्रचारबाजिमा रमाउने हो यो मेरो मात्र प्रस्न नभएर बिगत लामो समयदेखी युबा संघमा समाहित भएर अनेकौ दुखकस्ट भोगेर अहिले जिम्मेवारबिहिन बनाएर राखिएका लाखौ कार्यकर्ताको आवाज पनि हो । तपाइको नियत येहि शैलिबाट तपाइको येहि गतिबिधिबाट आजिवन युवा संघको संयोजक भएर बस्ने त छैन भन्ने शंकाको कालो बादल मडारिरहेको कुरालाइ नकार्न पनि सकिने अबस्था छैन भने बिगतमा तपाईंहरुको वाइसीएल अराजकतावाद र बितन्डाको युथफोर्सको अध्यक्षको हैसियतमा महेस बस्नेतले तपाईहरुको हुर्मत लिएर गरेक अराजकताको अन्त्य गर्दिनुभएको कुरको प्रतिसोध लिदै त हुनुहुन्न ?

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......