ब्रेकिङ न्युज

सचिन सिंहको शब्द र सङ्गीतमा ‘सलाम’

प्रकाशित मिति: May 1, 2020 5:56 pm

काठमाडौं – संगीतकर्मी सचिन सिंहको शब्द तथा सङ्गीतको गीत ‘सलाम’ सार्वजनिक भएको छ । गोपाल रसाइलीको संगीत संयोजनको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

प्रस्तुत गीतमार्फत कोरोनाको कहरमा रातदिन खटिरहने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको कार्यलाई ‘सलाम’ भनिएको छ । ‘यस्तो विषम परिस्थितिमा दिनरात घटिने सबैको हौसला अझ बढाउने र यस सम्बन्धित सचेतनाका लागि गीत सार्वजनिक गरिएको हो’ सचिनले भने ।

गीतको भिडियोलाई आदर थापाले सम्पादन गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीप श्रेष्ठ, तुलसी घिमिरे, सुनिल थापा, ललित गोले, मिथिला शर्मा, शुरेस कुमार, योगेश्वर अमात्य, एड्रिन प्रधान, थुप्तेन भुटिया, विक्रम पराजुली, शुमनकुमार श्रेष्ठ, थहिना थापा, मदन भुजेल, संजय प्रसाद, अजय राई, योनदेन भुटिया, उमेश उपमा, अनमोल गुरुङ, मेलिना राई, सुनिता लिम्बु प्रधान, धिरेन शाक्य, नरेश भण्डारी, करुण थापा, होमनाथ न्यौपाने, सुनिल मास्के, निर्मल शर्मा, वीेरेन्द्र सिंह, अल्का थापा, हसना शाक्य, राजु तामाङ आदिलाई फिचर गरिएको छ ।

यस्तो छ भिडियो

सम्बन्धित शीर्षकहरु

को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन्......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......