ब्रेकिङ न्युज

“वडा अध्यक्षले नै जुगुँमा लकडाउनको अबज्ञा गरे, स्थानीयहरू जनप्रतिनिधि विरूद्ध संघर्षमा”

प्रकाशित मिति: May 9, 2020 8:48 pm

विश्व कोरोनाको महामारीले ठप्प भएको यो कठिन समयमा गौरीशंकर गाउँपालिका – २, जुगुँका स्थानीयहरूले आफ्नै जनप्रतिनिधिहरू विरूद्ध संघर्ष गर्नु परेको छ ।

वडा कार्यालय भवन निर्माणको विषयमा पटक पटक स्थानियहरूको मत र सल्लाह, सुझावलाई बेवास्ता गरि सिमित वर्गको स्वार्थमा जनप्रतिनिधिहरूले हालको स्थानबाट वडा कार्यालय अन्यत्रै सार्न अड्डी कसेपछी विवाद सुरू भएको थियो ।

“हाल वडा कार्यालय भएको ठाउँ मै वडा कार्यालयको ७ रोपनी जग्गा छ । फेरि पनि सत्ता र शक्तिको दुरुपयोग गरि हाल सेवा प्रवहा गरिरहेको वडा कार्यालय अन्यत्र सार्नै पर्ने कुनै औचित्य नै पुष्टि नगरी एकाएक अन्यत्र सार्न खोज्नुको कारण के हो ? अन्यत्र जग्गा व्यवस्थापन समेत नगरी कार्यालयको त्यत्रो जग्गा यतिकै छोडेर गुपचुप हत्तार हत्तार अन्यत्र वडा कार्यालय सार्नु पर्ने आखिर त्यस्तो कारण के पर्‍योरु यहाँ जनप्रतिनिधिहरू जनताको सेवाको लागि तत्पर रहनुपर्ने हो । तर यो प्रशासनले किन ठ्याक्कै यसको विपरीत व्यवहार गरि रहेको छ ?” स्थानीय सरोकारवाला उमेश के.सी.ले भने ।

वडा अध्यक्ष वसन्त कार्कीले गाउँपालिकाका उप – प्रमुख उर्मिला थामीले एक तर्फी रूपमा पेलेरै भएपनी जसरी हुन्छ निर्णय गराउनु भनी निर्देशन दिएको भन्दै जबर्जस्ती भवन निर्माण गर्ने स्थान तथा उपभोक्ता समिती गठन गरि गैरकानुनी ढंगले वडा कार्यालय हालको ठाउँबाट केही मिटर पर मात्र स्वास्थ्य चौकी नजिकै सार्न खोजेपछी स्थानीय र जनप्रतिनिधिहरूबीच विवाद झनै चर्किएको थियो ।

यस घटनाक्रम लगतै, स्थानीय सरोकारवालाहरू र वडावासीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बाध्य भएर वडा कार्यालय गत शुक्रबार तालाबन्दी गर्नु परेको जानकारी पनि गराए ।

“यतिबेला महामारी विरूद्ध लडी रहेको हुनुपर्ने थियौं हामीले तर दुर्भाग्यवश आफ्नै जनप्रतिनिधिहरू विरूद्ध लडिरहनु परेको छ ।” – स्थानीय सरोकारवाला इबराज खड्का भने ।

यसै बीच, दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले भने घटनाको जानकारी लिन वडा अध्यक्षलाई सम्पर्क गर्दा मोबाइल स्वीच अफ रहेकोले सम्पर्क हुन नसकेको बताइएको छ ।

विज्ञप्ती

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......