ब्रेकिङ न्युज

“मिचाहा र हेपाहा प्रबृत्तिका बिरुद्ध हामी एकजुट बन्नु पर्ने बेला आएको छ”

प्रकाशित मिति: May 10, 2020 9:45 am

– रमेशकुमार पौडेल
सह – संयोजक
राष्ट्रिय युवा संघ, नेपाल ।

हाम्रो देशका सिमानाहरु बारम्बार मिच्दै आएको छिमेकी भारतले महाकालीपूर्व नेपाली भूभाग रहने सुगौली सन्धीविपरित भारतीय सत्ताले लिपुलेक क्षेत्रमा दशकौंदेखि गरेको अतिक्रमण र केही वर्षदेखि नेपाली भूभागमा बनाएको बाटो उद्घाटन गरेर आफ्नो मिचाह र हेपाह प्रवृतिलाई निरन्तरता दिएकोमा नेपाल सरकारले परराष्ट्रमन्त्रालयमार्फत आपत्ति जनाएको छ ।

हाम्रो पार्टी नेकपाले पनि यो कदमको कडा शब्दमा बिरोध गरेको छ । यस्का लागि पार्टी र सरकारलाई धन्यवाद भन्दै यहाँ भारतले मिचेको जमिन फिर्ता लिन सरकारले अब देशका सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाउँदै संसदमा संकल्प प्रस्तावलगायत अरु कडा कदमहरु चाल्न आवश्यक छ । विस्तारवादी भारतीय सत्तालाई झुकाएर आफ्नो जमिन फिर्ता लिन जनताले विश्वास गरेको वर्तमान सरकारले अन्तराष्ट्रिय समुदायसंग साथ लिएर कडा र आवश्यक कुटनैतिक कदम चाल्नेछ भन्ने विश्वास गर्दै हाम्रा सत्ता स्वार्थहरु जाती र पार्टी भन्दा माथि उठेर सरकारलाई सम्पूर्ण हिसाबले साथ दिनु आवश्यक छ ।

सरकारलाई हाम्रो आग्रह छ तत्काल सिमा क्षेत्रमा हाम्रो सुरक्षा फौज लगि तहा क्याम्प राखौ र हाम्रो जमिनको रक्षा गरौ ।पहिलै सिमामा ससस्त्र पुलिसको पोष्ट राख्ने सरकारको निर्णय यहाँ कस्का कारणले रोकियो र भएन ? सरकारको निर्णय त भएको भन्ने हामीले सुनिरहेका थियौ । यस्ता बिषयमा पनि सरकारका सम्बन्धित निकाएका मान्छेहरु सचेत हुनु जरुरी छ । अहिले हाम्रा मिचिएका र गुमेका भुमीहरु फिर्ता लिने सहि मौका पनि हो । यो मौका हामीले गुम्न दिनु हुन्न । तसर्थ हामी सबैले एकठाउमा उभिएर एकीकृत पहलको जरुरी छ । अर्को तिर सिहंदरवार अगाडि केही चिनीयाहरुले आफ्नो देशको फिर्तीको माग गरि लकडाउनको आदेश तोड्दै जे गरे त्यो बिषयले पनि निक्कै गम्भीर बनाएको छ ।

लकडाउनका बेला तहासम्म दर्जनौ विदेशी नागरिकहरुलाई सिहदरवासम्म कस्ले आउन दियो ? र किन दिईयो खोजी गरि कार्वाही होस् । र, ती बितन्डाकारी चिनियाहरुलाई पनि कडा कारवाही गरियोस् । तिनीहरु आफ्नो देश फिर्ता जाने र जान नपाएको भए त आफ्ना राजदुतावास अगाडि पो प्रदर्शन विरोध गर्ने होली नी । यी चिनीयाहरुको हेपाहा शैलीको जति निन्दा गरे नि कम हुन्छ । जुनसुकै नाममा भएको मिचाहा र हेपाहा प्रबृत्तिका बिरुद्ध हामी हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभीमानको रक्षाका लागि एकजुट बन्नु पर्ने बेला आएको छ । अरु बिषयमा राजनीति गर्दै गरौला । देशको स्वाधीनता र स्वाभीमान दुखेका बेला हामी सबैलाई दुख्नु पर्छ । हामी एकजुट हुनुपर्छ । सम्पुर्ण राजनीति दलहरु, नागरिक समाज लगायत सम्पुर्ण वर्ग ,क्षेत्र र लिङ्गका जनताहरुलाई एकजुट भएर मिचाहा र हेपाहा प्रबृत्तिका बिरुद्ध उभिन हार्दिक अपील गर्दछु ।

सम्बन्धित शीर्षकहरु

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......