ब्रेकिङ न्युज

भारतको नियत ठिक छैन, वल मिच्याई सधैँ गलत समयमा किन ?

प्रकाशित मिति: May 12, 2020 9:20 pm

दिनेश ढकाल
केन्द्रिय सदस्य (राष्ट्रिय युवासंघ युवासंघ नेपाल)

छिमेकि मुलुक भारतले नेपालमा सधै गलत समयमा वल मिच्याई गर्दै आईरहेको छ । चाहे त्यो भुकम्पको वेलामा गरेको नाकाबन्दि होस वा कोरोनाको कहरमा नेपालि भुमीमा सडकको उद्घाटन एकदमै निन्दनिय र खेदजनक छ । हामी यस्ता अनैतिक क्रियाकलापको घोर भत्सना गर्दछौ ।

कोरोनाको चर्चा र त्रास झनै बढिरहेको बेला एक्कासि भारतले नेपालि भुमि मिचेर सडक बनाएको कुराले फेरि नेपालको मिडियादेखि राजनिति र सामाजिक संजाल तातेको छ । नेपाल भारत सम्वन्धमा इतिहासदेखि आजसम्म विभिन्न ढंगले समस्या उत्पन्न भएको छ । अहिले पनि भारत सरकारले नेपालको अनुमति विना नेपालको भूमि प्रयोग गरेर जाने मानसारेवरको वाटोको उद्घाटन गरेर नेपालको सार्वभौमिकता माथि प्रहार गरेको छ ।

यो एउटा नेपाल राष्ट्रको निम्ति गंभीर विषय हो । विज्ञहरुको अनुसार १८१६ को सुगौल सन्धिलाई आधार मान्ने हो भने लिपुलेक, लिम्पियाधुरा र महाकाली नेपाली भूभागमा पर्दछ । मानसारोवर तिव्वतको भूभागमा पर्दछ, जुन चीनको स्वशासित क्षेत्र हो । वि.सं.२०१५ सालमा भारत र चीन सरकारले लिपुलेकलाई दुई देश वीच व्यापारिक मार्गको रुपमा विकास गर्नेसम्झौता गर्दा नेपालको असहमती रहेको थियो ।

केही समय अगाडी ओली सरकारको सफलता स्वरुप चाइना संग गरिएका सन्धि, सम्झौता वी.आर.आई.मा नेपालको संलग्नता चाइनाको नेपालको आन्तरिक रणनीतिमा चासो लगायतका विषयवस्तु इन्डियाको निम्ति पेचिलो बन्नु र विआरआईमा साउथ एशियामा भुटान र इन्डिया मात्र अनुपस्थित रहनुले पनि यस्ता कुटनैतिक पक्षलाई बढावा दिइरहेको हुन्छ ।

मिति २०७७ साल वैशाख २८ गतेको सदनमा नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले कालापानी क्षेत्रमा गरेको सीमा अतिक्रमणको सम्बन्धमा विरोध र धारणा जे प्रस्तुत गर्नुभयो त्यो स्वागतयोग्य छ । यसको विरोधमा नेपालका सबै राजनीतिक पार्टीहरू सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा, नेमकिपा, समाजवादी पार्टी, साझा पार्टीदेखि मधेसी दलहरूसम्मले साथ दिनु जरुरि छ । यो सुखद् पक्ष हो र यसले हाम्रो राष्ट्रिय एकतालाई प्रदर्शित गरेको छ । नेपाली जनता आफ्नो पुर्खाको गौरवगाथालाई जोगाउन खासगरी राष्ट्रियताको सवालमा सबै सधैं एक हुन्छन् र आवश्यकता पर्दा जस्तो सुकै त्याग गर्न समेत तयार हुन्छन् ।

भारतले यस सवालमा कोरोनाको समस्या हल भएपछि कुरा गरौंला भनेर टार्न खोजेको छ । कोरोना समस्या हल भएपछि कुरा गरौंला भन्ने उसको कुरालाई हामीले मानेर कूटनीतिक मर्यादाको नाममा भद्रता देखाई पर्खने र अल्मलिने भुल गर्नुहुँदैन ।

किनभने यो कोरोनाको समस्या २/४ दिनमा समाधान हुने विषय होइन । यो समस्या ५/६ महिना वा वर्षौंसम्म जान सक्छ। यसो भयो भने यो विषय छायामा पर्ने र हद, म्याद, दाबी विरोध जस्ता विषयमा हामी पछि पर्न सक्छौं र यसले हामीलाई इतिहासको अक्षम्य गल्तीको खाडलभित्र हालिदिन सक्छ । भारतले समस्या समाधान गर्नुको साटो उल्टै अनेकौं निहुँ खोज्ने र फेरि नाकाबन्दी जस्ता विभिन्न दुःख दिएर हामीलाई गलाउने कोसिस नगर्ला भन्न सकिन्न ।

विगतमा जसरी सबै नेपालीहरूले एक भएर नाकाबन्दीको सामना गरे। फेरि अर्कोपटक सामना गर्ने मनस्थिति र परिस्थितिको लागि तयार हुनुपर्ने हुन सक्छ । त्यसैले हामीले हाम्रो दैनिक जनजीवनसँग जोडिएको विषयदेखि सुरक्षासमेतको सवालमा सचेतनापूर्वक आन्तरिक तयारीमा पनि ध्यान दिनुपर्छ ।
यसपटक हामी चुक्यौं र पछि हट्यौं भने हाम्रो कहिलै नझुकेको शीर र शान अनि हाम्रो चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा पनि झुक्नेछ । साथै हाम्रो राष्ट्रियता, स्वाभिमान र स्वतन्त्रता जतिखेर पनि खोसिन सक्ने खतरा रहिरहन्छ नेपालले इन्डिया र चाइना संगको सम्वन्धलाई कलात्मक, सन्तुलित, होसियारी तवरले उपयोग गर्न सक्यो भने नेपालको तिव्र विकास सम्भव छ किनकी चाइना र इन्डिया वर्तमान विश्वको ‘सुपर पावर’ वन्ने क्रममा रहेको यथार्थ बुझ्न गाह्रो छैन ।संसारका सबै चिज परिवर्तन होलाव तर चाईना र ईन्डिया हाम्रा छिमेकि हुन जुन जिबन्त रहन्छन् यसो भन्दैमा हामी झुक्नुपर्छ भन्ने अर्थ नलागोस छिमेको हाम्रोमात्र हैन् उनिहरुको पनि हौ । यस अर्थमा यस्लाई होसियारि र सन्तुलित र दृढ अडानले ब्यवस्थापन गरि हाम्रो नेपालि भुमीमा कसैको वल मिच्याई दिनु हुदैन् ।

सम्बन्धित शीर्षकहरु

को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन्......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......