एकाबिहानै दुःखद खबर ! फेरि १० जनामा देखियो कोरोना, कति पुगे अहिलेसम्म संक्रमित ?

प्रकाशित मिति: May 17, 2020 8:34 am

जेठ ४, काठमाडौं – कोरोना भाइरस कोभिड– १९ का थप १० जना संक्रमित भेटिएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु रौतहट राजपुर न.पा. फरहदवा – ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरू र रौतहट इशनाथ न. पा. – ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू रहेका छन्।

योसँगै सङ्क्रमितको सङ्ख्या २९१ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको छ र उनीहरू स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् । नेपालमा शनिबार पहिलोपटक कोभिड–१९ सङ्क्रमणबाट एक जनाको मृत्यु भएको थियो । अहिलेसम्म ३६ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

युवकमा कोरोना संक्रमण देखिएपछि दैलेख अस्पताल बन्द

जेठ  १८, दैलेख -  जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ ।......

नेपालसँग जोडिएको भारतीय सीमा बन्द

जेष्ठ १७, बर्दिया - बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको......