प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिने

प्रकाशित मिति: May 19, 2020 8:18 am

जेठ ६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो ।

बिभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ ।

त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......