ब्रेकिङ न्युज

अन्जानको शब्दमा ‘जिन्दगीको सफर सकिन्छ कि’को रेकर्डिङ सम्पन्न

प्रकाशित मिति: May 19, 2020 1:27 pm

काठमाडौँ – चलचित्रकर्मी तथा लेखक एन बी अन्जानको शब्दमा रहेको “जिन्दगीको लामो सफर सकिन्छ कि यसै, छैटौमा लेख्छ भन्छन भावीले मेटिन्छ कि कतै” बोलको गीतको रेकर्डिङ आईतबार सम्पन्न भएको छ ।

सुर्य कमल राईको स्वर/सङ्गीतमा उक्त गीत रेकर्डिङ भएको हो । ललितपुर एकान्तकुना स्थित रिङ्ग स्टुडियोमा रेकर्डिंग सम्पन्न भएको सो गीत अहिलेको परिस्थितीमा आम दर्शक र स्रोताको मनको भावना ब्यक्त गर्ने मर्म स्पर्शी भएकोले पक्कै पनि सबैले मन पराइदिनु हुन्छ भन्ने विश्वास हामीले लिएको गायक राईले बताए । विश्वव्यापी माहामारीको रुपमा रहेको कोभिड – १९ कोरोनाबाट नेपाल पनि त्रसित बन्दै गरेको अवस्थामा यसको मर्मलाई समेटेर गीत तयार पारेको गीतका लेखक एन.बी.अञ्जानले बताए ।

नेपाली चलचित्र जगतमा निर्देशकको रुपमा छुट्टै पहिचान बनाई सकेका एन।बी।अञ्जान अहिले आफ्नो नेपाली चलचित्र इन्काउन्टरको च्यारिटी शो को शिलशिलामा युरोप मा रहेका छन । उनले कोरोनाको कहरले मानव जीवनमा निम्त्याएको भयलाई आफुले पनि नजिकबाट महशुस गर्दै यो गीतको रचना गर्न पुगेको अञ्जानले बताएका छन । साथै उक्त गीतको फिमेल भर्सनमा चर्चित गायिका तृप्ती खड्काको स्वरमा रेकर्डिङ गर्ने तयारी गरिरहेको समेत गायक राईले बताए ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......