ब्रेकिङ न्युज

मजदुरको पिडा बोल्ने छोटो चलचित्र ‘क्रन्दन’

प्रकाशित मिति: May 19, 2020 5:28 pm

लकडाउनका कारण समस्यामा परेका मजदुरको कथामा छोटो चलचित्र निर्माण भएको छ । ‘क्रन्दन’ नाम दिइएको उक्त छोटो चलचित्रलाई अर्जुन तिवारीले निर्देशन गरेका छन् ।

यस चलचित्रको कथा, छायांकन तथा सम्पादन पनि निर्देशक तिवारीले नै गरेका हुन् ।

अहिले मजदुरहरुले भोग्नु परेको समस्यालाई छोटो चलचित्रमार्फत् भन्न चाहेको निर्देशक तिवारीले बताए । उनले भने, ‘लकडाउका कारण मजदुरहरु निकै समस्यामा परेका छन् । उनीहरुले सरकारले दिएको राहतले यत्रो समय धान्न गाह्रो भएको छ । अहिले उनीहरुको अवस्था नाजुक छ । त्यसैले यो चलचित्रबाट सरोकारवालाहरुको ध्यानाकर्षण गर्न सकिन्छ कि भनेर तयार गरेको हुँ ।’

‘क्रन्दन’मा कलाकार राज न्यौपानेलाई मात्रै फिचर गरिएको छ । चलचित्रमा बिजय बराल, सन्दिप क्षेत्री, प्रमिला खनाल, नरेन्द्र बराल, प्रान्श तिवारी, प्रिन्शु तिवारी, अभिनित चौलागाईं लगायतले आवाज दिएका छन् ।

अभिनेता पल शाह चलचित्रको अन्तिममा अतिथि भूमिकामा प्रस्तुत भएका छन् ।

कोरोनाका कारण विश्व त्रसित छ । धेरै देशहरु लकडाउनको अवस्थामा छन् । नेपाल पनि झण्डै २ महिनादेखि लकडाउनको अवस्थामा छ ।

अहिले दैनिक ज्यालामजदुरी गरेर छाक टार्ने मजदुरलाई निकै ठुलो समस्यामा परेका छन् । लकडाउन बढ्दै उनीहरुमा झनै समस्या थपिएको छ । सोही समस्यामा परेका मजदुरको कथालाई छोटो चलचित्र ‘क्रन्दन’मा देखाइएको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......