ब्रेकिङ न्युज

हरर फिल्म ‘ओयजा’को ट्रेलर हेर्नुहोस्

प्रकाशित मिति: May 21, 2020 5:53 pm

काठमाडौँ – रेज इन्टरटेनमेन्टको प्रस्तुति छोटो हरर फिल्म ‘ओयजा’ को ट्रेलर सार्वजनिक भएको छ । रोशन दाशको निर्देशन रहेको फिल्ममा दासको साथमा रोशन श्रेष्ठ र अनिश पन्च ‘क्रिजोन’ को छायांकन रहेको छ ।

सम्पादन समेत दास कै रहेको छ भने सन्दिप कपालीले शृंगार गरेका छन् । चलचित्रको सबटाइटल राहुल शर्माले सम्हालेका छन्, भने स्क्रिन प्ले समेत दासको जिम्मेवारीमा छ। अनिश, रोशन र सुनिल गजमेरको लगानी रहेक भिडियोका क्रिएटिभ हेड अनिश नै रहेका छन् ।

चलचित्रमा बाल कलाकार गुनगुन दासको साथमा रोशन, अनिश, सुनिल, बिशाल केसी र कमला तामांगको अभिनय रहेको छ। चलचित्रमा विवेकले म्युजिक सम्हालेका छन् भने कथा र स्क्रिप्ट समेत दास कै रहेको छ । फिल्म जेठ १२ गते युट्युव मार्फत सार्वजनिक गर्ने दासले बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......