एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

प्रकाशित मिति: May 25, 2020 11:20 am

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन्।

सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।

सम्बन्धित शीर्षकहरु

उपत्यकामा २३ सहित आज थप २५५ जनामा कोरोना पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप २५५ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि स्वास्थ्य......

साउन महिनामा सुनसान पशुपति

चान्द्रमास अनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति......