कोरोनाको माहामारीमा सन्जीव पराजुलीको ‘छैन मलाई पीर’

प्रकाशित मिति: May 29, 2020 10:16 am

काठमाडौं – डान्सिङ नम्बरका गीत गाउन रुचाउने गायक सन्जीव पराजुलीले नयाँ गीत ‘छैन मलाई पीर’ बोलको गीतको भिडियो लिएर आएका छन् । गीतमा दीपक शर्माको शब्द र संगीत छ । भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन् । गीतमा मोहित मुनालको एरेन्ज छ ।

ग्रामीण परिवेशको लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा सन्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ । यो भिडियो गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सन्जीवको स्वरमा रहेका गीतहरु ‘नाइँ मलाई थाहा छैन’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’लगायतका गीतहरु दर्शकले रुचाएका गीतमा पर्दछन् ।
भिडियो लिंक

सम्बन्धित शीर्षकहरु

भोलि देखि सार्वजनिक यातायात चल्ने, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं – सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।......

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......