रहेनन् अब वरिष्ठ गीतकार रत्नशम्शेर थापा

प्रकाशित मिति: May 28, 2020 5:16 pm

काठमाडौं – वरिष्ठ गीतकार रत्नशम्शेर थापाको बिहीबार निधन भएको छ । उनको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि बिरामी रहेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।

करिब डेढ महिना टिचिङ हस्पिटलमा उपचार गरेपछि उनलाई घरमा ल्याइएको थियो । घर कमलपोखरीमा केही महिना आराम गरिरहँदा बुधबार अचानक विरामी भएपछि उनलाई नर्भिक अस्पताल लगिएकोमा उनको आज सोही अस्पतालमा निधन भएको हो ।

उनका घुम्तीमा नआउ है, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, पंक्षीमा डाँफे, जाग लम्क चम्क हे नौ जवान हो, बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा, लगायत सयौं गीतहरु जनमानसमा आज पनि लोकप्रिय रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

भोलि देखि सार्वजनिक यातायात चल्ने, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं – सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।......

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......