सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

प्रकाशित मिति: July 7, 2020 5:20 pm

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरिलाई पार्टीको ह्वीप नमानेको भन्दै यस्तो कारबाही गरेको हो। यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेपछि पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। संसदमा बोल्न सभामुख अग्नि सापकोटाले नदिएपछि उनी बैठक चलिरहँदा बाहिरिएर नेपाल विरोधी अभिव्यक्तिहरु दिँदै आएकी छन्। त्यसपछि सरिता गिरि माथि सर्बसाधारण पनि निक्कै आक्रोशित हुदै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......