उपत्यकामा थप ४२ जनामा कोरोना पुष्टि

प्रकाशित मिति: July 10, 2020 7:16 pm

काठमाडौँ – काठमाडौँ उपत्यकामा आज थप ४२ जनामा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौँका २८, ललितपुरका १३ र भक्तपुरका १ जनामा संक्रमण देखिएको हो । यी संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे भने मन्त्रालयले खुलाएको छैन।बिहीबार मात्र पनि उपत्यकामा ५ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......